म्याग्दी । स्वतन्त्र उम्मेदवार डा.महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २२ हजार ८५० मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ ले ७ हजार ९१९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ले ६ हजार ८८४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा ले ३ हजार ५२९ मत पाएका छन् ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पुनले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै म्याग्दीमा उल्लेखनीय सफलता हासिल गरेका छन् ।
बिहीबार सम्पन्न मतदानमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता मध्ये ४६ हजार २१५ मत खसेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
यस परिणामसँगै डा.पुनले म्याग्दीबाट प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेका छन् ।







