चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला क्षेत्र नम्बर–२ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
घोषित परिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेल ले १४ हजार ९३५ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले) का अस्मिन घिमिरे ले ६ हजार ९९५ मत प्राप्त गरेका छन् ।
यस जितसँगै लामिछानेले चितवन–२ मा पुनः आफ्नो पकड कायम गर्दै तेस्रो पटक प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन् ।







