पोखरा महानगरपालिका ६पार्दीको ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०-२५ वर्ष जस्तो देखिने युवतीको आज बिहान शव फेला परेको हो ।
‘ड्यामसाइडको नयाँपुल मुनी खेलामा शंकास्पद खालको तन्नाले बेरेको सुटकेस फेला परेको खबरपछि युवतीको शव रहेको पायौं, डिएसपी भट्टराईले भने, ‘अहिले उक्त शवलाई पोष्टमार्तमका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।’
उनले उक्त शवको सनाखत नभएको बताउदै घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको बताए ।







