विश्वकप सुपर–८ः वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दियो

आईसीसी पुरूष टी–२० विश्वकपको सुपर–८ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।

भारतको नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले पूरा ओभर खेलेर ८ विकेट गुमाउँदै १७६ रन बनाएको छ ।
वेस्ट इन्डिजका लागि रोमारियो शेफर्डले अर्धशतक पारी खेले । उनले ५२ रन बनाउँदा जेसन होल्डरले ४९ रन जोडे । उनीहरूले आठौँ विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीले वेस्ट इन्डिजले प्रतिस्पर्धात्मक स्कोर बनायो ।

ओपनरद्वय ब्रान्डन किङले २१ रन बनाउँदा कप्तान शाई होप १६ रनमै आउट भए । विस्फोटक ब्याटर शिमरोन हेटमायर भने २ रनमै आउट हुन पुगे । शेर्फेन रदरफोर्डले १२ रन बनाउँदा म्याथ्यु फोर्डले ११ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि लुंगी न्गिडीले तीन विकेट लिँदा कागिसो रबाडा र कोर्बिन बोशको नाममा २–२ विकेट रह्यो ।

Scroll to Top