आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा बिहीबार दुई खेल हुँदैछन् ।
भारतको अहमदावादमा दिउँसो सवा ३ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबिच विजयी हुने टिम सेमिफाइनलमा पुग्नेछ ।
यस्तै, बेलुका सवा ७ बजे हुने दोस्रो खेलमा भारत र जिम्बावे भिड्दै छन् । सुपर–८ अन्तर्गत समूह एकका भारत र जिम्बावे अंकविहीन छन् ।
यो खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ । त्यसैले आयोजक भारत र जिम्बावे दुबै टोलीलाई खेल जित्नैपर्ने दबाब छ ।






