पाकिस्तानको आवासीय भवनमा विस्फोट : छ जनाको मृत्यु, १२ घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीको आवासीय भवनमा बिहीबार ग्यास चुहावटले गर्दा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । 

भवनको पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षतिग्रस्त हुँदा दुर्घटना भएको सरकारी उद्धार कार्यलयले एक विज्ञप्ति मार्फत जनाएको छ 

विस्फोटको सूचना पाए पछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताहरूले खोजी अभियानका लागि सबै उपलब्ध स्रोतहरू प्रयोग गरेर  पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यासबाट ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ । 

बालबालीकासहित घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाउदै उद्धार टोलीहरूले भग्नावशेष मुनि कोही पनि फसेको छैन भनेर सुनिश्चित गर्न उत्खनन प्रयास जारी राखेको जनाएका छन् ।

Scroll to Top