कास्की १ मा नेपाली कांग्रेसको घरदैलो अभियान तीव्र

कास्की । नेपाली कांग्रेस कास्की १ ले निर्वाचन प्रचार अभियानलाई तीव्र बनाएको छ । पार्टीका उम्मेदवार तिलक रानाभाटले मंगलबार मादी गाउँपालिका ११ र १२ का उपल्लो सारले, तोबी, सयमर्याङ, वार्चोक, खिमाजे, बरालडाँडालगायत स्थानमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन ।
रानाभाटले बदलिएको र सचिएको कांग्रेसले अब देशको नेतृत्व गर्ने र त्यसको नेतृत्व गगन थापाले गर्ने तयारीसहित आफूहरू निर्वाचनमा अघि बढेको बताए । विकासका मुद्दा नेपाली कांग्रेससँग मात्र रहेको उल्लेख गर्दै उनले रुख चिन्हमा मतदान गरी पार्टीलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।

कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले मादीको उत्पादन र माटो चिनेका व्यक्ति रानाभाटलाई जिताउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । कांग्रेसका पूर्व सहमहामन्त्री जीवन परियारले अबको कांग्रेसले युवा पुस्ता र प्रविधिलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

स्थानीय नेताहरूले कास्की १ का लागि रानाभाट नै उपयुक्त उम्मेदवार भएको बताएका छन् ।

Scroll to Top