पोखरा । नवौं ‘विरेन स्मृति’ तथा १९औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि लामागाउँ गुम्बाले जितेको छ ।
पोखरा–१ टुंडिखेलमा बिहीबार भएको फाइनलमा रामघाट एफसीलाई १–० ले हराउँदै लामागाउँ च्याम्पियन बनेको हो । निर्णायक गोल संगम ठकुरीले गरे ।
योसँगै लामागाउँ बिटी कपमा दोस्रो पटक च्याम्पियन बनेको हो। यसअघि पनि फाइनलमै रामघाटलाई हराउँदै उपाधि जितेको थियो ।
विजेता लामागाउँले नगद २ लाख २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पायो भने उपविजेता रामघाटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो ।
लामागाउँका सरोज तितुङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै साइकल पाए । उत्कृष्ट गोलरक्षक रतन हिताङ, उत्कृष्ट डिफेण्डर संगम ठकुरी, उत्कृष्ट मिडफिल्डर सुदेश गुरुङ तथा सर्वाधिक गोलकर्ता मनिष ठकुरी घोषित भए। ४८ टिम सहभागी प्रतियोगितामा फायर पिज्जा अनुशासित टिम घोषित भयो ।







