
बैतडीको पुर्चौँडी नगरपालिका–७ बडगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
बेहुली लिएर बझाङ जाँदै गरेको पवनदूत यातायातको बस उकालो सडकमा अत्यधिक भारका कारण पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ ।
मृत्यु हुनेमा क्रमशः बझाङ बित्थडचिर–७ का केशव राज जोशी (४०), अशोकराज जोशी (१३), बसन्त जोशी (३५), विष्णुदत्त जोशी (४१), नरेश राज जोशी (४२) छन्। साथै केदारस्यु–६ का मोहन देव भट्ट (६०), जयपृथ्वी–७ का बसन्त राज रतला (४०) र बैतडी पुर्चौँडी–७ की पुष्पा अवस्थी पनि दुर्घटनामा परी मृत्यु भएका छन् ।
दुर्घटनामा घाइते भएका ४५ जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको छ ।
प्रहरीका अनुसार बसको अत्यधिक भार र उकालो सडकको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।







