पोखरा–२० मा रास्वपाद्वारा कास्की–२ सम्पर्क कार्यालय स्थापना

santan ads

पोखरा । आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत पोखरा महानगरपालिका वडा नम्बर २० भलाम रयालेचौरमा सम्पर्क कार्यलय स्थापना गरिएको छ ।

बुधबार  एक कार्यक्रम विच पोखरा २० मा सम्पर्क कार्यालय स्थापना गरिएको र उक्त कार्यक्रममा रास्वपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको रास्वपा सचिवालयले जनाएको छ ।

सम्पर्क कार्यालय स्थापनाको अवसरमा पूर्व सांसद शिव नेपाली, रास्वपा केन्द्रीय सदस्य मोहन जङ्ग थापा, रास्वपा नेता तथा पूर्व मन्त्री कुमार खड्का, उम्मेदवार उत्तम पौडेल, निर्वाचन कमाण्डर दिपेन्द्र पोख्रेललगायत केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रस्तरीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उम्मेदवार पौडेलले कास्की क्षेत्र नम्बर–२ को समग्र विकास जनसहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै परिवर्तनका लागि मतदातासँग साथ र समर्थनको अपिल गरेका छन । साथै उनले कास्की–२ का जनतासँग निरन्तर छलफल, अन्तरक्रिया तथा सुझाव सङ्कलन गरिरहेको बताएका छन् । 

Scroll to Top