
पोखरा । युनाईटेड क्लब पोखराले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वन संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लब पोखराले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको हो ।
सो अवसरमा युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना,अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइराला लगायतले बोलेका थिए ।
क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्यहरु विष्णु कुमार गुरुङ, पूर्ण कुमार श्रेष्ठ, बिजय कार्की, बुद्ध कार्की, सल्लाहकार रमेश बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।







