होराइजन २६ औँ आदर्श कप च्याम्पियन

पोखरा । स्याङ्जा जिल्लाको प्रतिनिधित्व गर्ने होराइजन क्लब वालिङ्गले २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को च्याम्पियन बनेको छ ।

शनिबार लेखनाथमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो।
होराइजनका बसन्तबहादुर रानाले खेलको ६१ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
त्यसपछि गण्डकी प्रदेश प्रहरीका रोजल दाहालले अतिरिक्त समयको ९२ औँ मिनेटमा बराबरी गोल फर्काएको थिए ।

अतिरिक्त १० मिनेटमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा सडन डेथमार्फत प्रदेश प्रहरीलाई ६–५ ले पराजित गर्दै होराइजन च्याम्पियन बनेको हो ।

उपाधिसँगै च्याम्पियन होराइजन क्लब वालिङ्गले नगद ४ लाख ९९ हजार ९९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको गण्डकी प्रदेश प्रहरीले ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र चित्त बुझाउन पर्यो ।

गण्डकी प्रदेश प्रहरीका रोजल दाहाल उत्कृष्ट खेलाडी घोषित भए भने होराइजन क्लबका सुन्दर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बन्न सफल भए। यस्तै, उत्कृष्ट गोलरक्षक होराइजनका टोपबहादुर राना, उत्कृष्ट डिफेन्स होराइजनकै सन्दीप श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर तथा प्लेमेकर गण्डकी प्रदेश प्रहरीका सुशील लामा घोषित भए।

फेयर प्ले टिमको उपाधि तनहुँ जिल्ला फुटबल विकास समिति बने ।

Scroll to Top