press center help pic

स्थापना दिवसमा प्रेस सेन्टरको शैक्षिक–खेलकुद सामाग्री सहयोग

santan ads

पोखरा । प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसको अवसरमा पोखराको एक बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग गरेको छ । प्रेस सेन्टर कास्की शाखाको आयोजनामा प्रेस सेन्टर गण्डकी तथा पोखरा महानगर कमिटिको समन्वयमा पोखरा १४–मझेरीपाटनस्थित सहिद स्मृति आवासिय माविमा बिहिबार एक समारोहका बिच उक्त सामाग्री हस्तान्तरण गरिएको प्रेस सेन्टरले जनाएको छ ।

विद्यालयमा अध्ययनरत सहिद तथा वेपक्ता एवं विपदमा परेका र स्थानियका छोराछोरीको शैक्षिक तथा खेलकुद विकासमा सहयोग पु¥याउने उद्देश्यले सानो सहयोग बिद्यालयमा गरिएको प्रेस सेन्टर कास्कीका अध्यक्ष दिननाथ बरालले जानकारी दिए ।

कार्यक्रममा संविधान सभा सदस्य एवं विद्यालय व्यवस्थापन समितिकी सदस्य तेजकुमारी पौडेलले प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा सहिद स्मृति बिद्यालयमा गरिएको सहयोग प्रशंसनिय कार्य भएको बताउदै प्रेस सेन्टर कास्कीलाई धन्यवाद दिइन् ।

समाजबादी प्रेस संगठनका उपाध्यक्ष श्रीराम सिग्देलले सहिद स्मृति बिद्यालयको शैक्षिक तथा खेलकुदको विकासमा यस्ता सहयोग थप टेवा पुग्ने बताए । प्रेस सेन्टरका केन्द्रीय सदस्य घनश्याम पाण्डेले स्थापनाकालदेखि नै प्रेस सेन्टरले जनपक्षीय भूमिका निर्वाह गर्दै आएको बताए ।

विद्यालयकी प्रधानाध्यापक कल्पना चिलुवालले विद्यालयमा हाल २ सय जना आवासीय रुपमा बिद्यार्थीहरु अध्ययनरत भएको उल्लेख गर्दै बिद्यालयमा जम्मा ४ सय २० जना बिद्यार्थीहरु रहेको जनाइन् । उनले जनयुद्ध तथा जनआन्दोलनका सहिद, कोभिड महामारी, भूकम्प, बाढी पहिरो जस्ता प्रकोपमा ज्यान गुमाएका तथा उत्पीडित वर्गका अभिभावक तथा स्थानियका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिएको बताइन् ।

माघ १६ गते शहिद दिवसको अवसरमा बिद्यालयमा बृहत शैक्षिक प्रर्दशनी तथा सांस्कृतिक कार्यक्रम एवं फुड फेष्टिबल हुने भएको चिलुवालले जनाइन् ।

कार्यक्रममा नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य राजु क्षत्री, प्रेस स्वतन्त्रता सेनानी पदम रेग्मी, प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्ण दवाडी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ गण्डकीका सल्लाहकार गोविन्द सुवेदी, सेन्टरका पूर्व केन्द्रिय सदस्य द्धय सन्देस श्रेष्ठ, रामप्रसाद तिमिल्सिना, फोनिज कास्कीका अध्यक्ष विनु मसराङ्गी थापा, समाजवादी प्रेस संगठन कास्कीका सचिव भिम थापा, प्रेस सेन्टर कास्कीका कोषाध्यक्ष खगेन्द्र अर्याल, सेन्टरका नेता रवि दाहाल, बिद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

Scroll to Top