
नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको मुम्बईमा छ । नेपाल आसन्न संस्करणको टी–२० विश्वकपका लागि भारत गएको हो ।
आसन्न संस्करणको टी–२० विश्वकपमा लागि भारत प्रस्थान गरेको नेपालले आज पहिलो अभ्यास खैल्दै छ । नेपालले मुम्बई क्रिकेट एसोसियन अर्थात् एमसिए प्रेसिडेन्ट इलाभेनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यी दुई टिमबीचको खेल बेलुका ६ बजेदेखि ब्रेर्बान रंगशालामा हुनेछ । नेपाली टोली केही दिनअघि श्रीलंका ए टोलीसँग तीन खेलको अभ्यास पश्चात भारत उडेको हो । श्रीलंकामा नेपालले तीन खेल खेल्दा दुईमा पराजय तथा एकमा विजयी हासिल गरेको थियो ।
आसन्न संस्करणको टी-२० विश्वकप ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालका चार वटै खेल मुम्बईको वानखेडे स्टेडियममा हुने तालिका छ ।







