सुनको मुल्य ह्ववात्यै बढ्यो, पुग्यो तोलाकै ३,३९०००

santan ads

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । हो इतिहासकै उच्च मूल्य हो । 

अब उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ । 

हिजो प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।

Scroll to Top