apf vs jaulakhel

शानदार कमब्याकसँगै एपीएफ राष्ट्रिय लिगको शीर्षस्थानमा

santan ads

काठमाडौं । विभागीय टोली एपीएफले जावलाखेल युथ क्लब विरुद्ध शानदार कमब्याक गर्दे राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा एपीएफले जावलाखेल युव क्लबलाई २–१ ले पराजित गर्दै लगातार चौथो जित हात पारेको हो ।
चार खेलबाट १२ अंक जोडेको एपीएफ लालिगुराँस एफसीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो ।

एपीएफका लागि समिराजले समिराजले ५८औं मिनेटमा बराबरी गोल पर्काएका थिए भने ८२औं मिनेटमा विजयी गोल गरे । त्यसअघि धर्बेन्द्र कुँवरले २०औं मिनेटमा गोल गर्दे जावलाखेललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जावलाखेलले कायम राख्न सकेन ।

Scroll to Top