rastriyasabhaa.jpeg

राष्ट्रिय सभा सदस्यमा कांग्रेस ९, एमाले ८ र जसपा नेपालले १ सिट

santan ads

काठमाडौं । राष्ट्रिय सभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार निर्वाचन भए स‌गै सम्पन्न भएकाे छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो ।

निर्वाचनमा गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसले ९, एमालेले ८ र जनता समाजवादी पार्टी नेपालले १ सिट पाएको छ ।

प्रत्येक प्रदेशमा भएको मतदानपछि निर्वाचन आयोगले सबै उम्मेदवार मतपरिणाम सार्वजनिक गरेको हो  ।

सात वटै प्रदेशमा ५ सय ५० प्रदेश सभा सदस्य छन् । ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५ सय ६ मतदाता रहन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु हुनेछ ।

आइतबारको निर्वाचनबाट विजयी भएका राष्ट्रिय सभा सदस्यहरूमा यसअघि नै प्रतिनिधिसभामा काम गरिसकेका व्यक्तिहरू समेत छन् । विल्कुल नयाँ अनुहार पनि चुनिएर आएका छन् ।

Scroll to Top