
नयाँलिपि ।
पोखरा ।
निरन्तर बढिरहेको सुनको मूल्यले दिनदिनै फरक फरक कीर्तिमान कायम गर्ने क्रम जारी छ ।
सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन तोलामै ५ हजार २ सयले बढेको हो । ५ हजार २ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा २ सय ७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।


