टाइगर कपः पर्वतको संघर्षमय जित, पुलिस स्तब्ध 

santan ads

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत भलिबलले पुलिसलाई ३–२ को सेटमा स्तब्ध पा¥यो । 

पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । 

पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले पुनरागमन जित निकाल्दा खेल निर्णायक सेटमा पुगेको थियो । निर्णायक सेटमा १५–१३ ले आफ्नो पक्षमा पर्दै पर्वतले ३–२ को रोमाञ्चक जित निकाल्यो ।

यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित भएको थियो । पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुप¥यो । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । 

महिलातर्फकै अर्काे खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो । 

थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ को रोमाञ्चक जित निकाल्दा खेल पाँचौं सेटमा धकेलियो । 

पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै एपीएफले १५–१३ को रोमाञ्चक जित निकाल्यो । पाँचौं सेटमा खेलमा फर्किने प्रयास गरेपनि थाइल्यान्ड सफल हुन सकेन ।

पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएनमाथि ३–० को शानदार जित दर्ता ग¥यो । 

गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको हो । गण्डकीले पहिलो जित निकाल्दा माल्दिभ्सले दोस्रो हार बेहोर्न पुग्यो । 

च्याम्पियनसिपअन्तर्गत भोलि आइतबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ एपीएफ र न्यू डायमण्डबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ ।

Scroll to Top