टाइगर कप भलिबल: पहिलो दिन,पुरुषतर्फ आर्मी र एपिएफ तथा महिलातर्फ न्यू डायमण्डको विजयी

santan ads

पोखरा । एनसेल छैटौं टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम बिहिबार एक भब्य समारोहका बीच सम्पन्न भएको छ । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरू भएको उक्त प्रतियोगिताको एक भब्य कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका हुन् ।

 प्रतियोगिताको पहिलो दिनको पुरुषतर्फको खेलमा विभागिय टोली एपिएफ क्लब र नेपाल आर्मीले आफ्नो बिजयी सुरूआत गरेका छन् । उद्घाटन खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको छ । पहिलो सेट २५–२३ ले जितेको एपिएफले दोस्रो सेट २७–२५ ले गुमाउन पुग्यो । तर तेस्रो सेटमा गण्डकी खेलमा फर्किदै २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । तर चौथो सेटमा एपिएफ २५–१९ ले आफ्नो पक्षमा पार्दै खेल जिल्न सफल भयो । सो खेलमा एपिएफका उपेन्द्र परियार प्लेयर अफ दि म्याच बने ।

 यस्तै पुरुषतर्फनै भएको अर्को एक खेलमा विभागिय टोली नेपाल आर्मी क्लबले विजयी सुरूआत गरेको छ । आर्मीले पाहुना टोली मालदिभ्स भलिबल क्लबलाई २५–१५,  २५–२२ र २५–१० ले जित्न सफल भयो । खेलमा आर्मीका सुनिल बोहोरा प्लेयर अफ दि म्याच बने । उनले केल्मीको टिशर्ट प्राप्त गरे ।

त्यस्तै गरी महिलातर्फ भएको खेलमा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले जित हात पारेको छ । न्यू डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–०८ ले सहज जित हात पार्न सफल भएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

टाइगर ग्रुपद्वारा तीन जना सम्मानित

एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को उद्घाटन समारोहमा भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने तीन जनालाई टाइगर ग्रुप अफ पोखरा, नेपालले सम्मान गरेको छ ।

सम्मानित हुनेमा पूर्व भलिबल खेलाडी तथा कास्की जिल्ला भलिबलका पूर्व सदस्य राजकुमार अधिकारी, प्रशिक्षक कुमार राई र राष्ट्रिय खेलाडी हिमाल सुनारी मगर रहेका छन् ।

शनिबार (भोली) हुदैछन चार खेल

दोस्रो दिन शनिबार महिलातर्फ २ र पुरुषतर्फ दुई गरी चार खेलहुने छ ।

महिलातर्फ विभागिय टोली नेपाल पुलिसले अर्को विभागिय टोली नेपाल आर्मीको सामना गर्ने छ भने दोस्रो खेलमा एपिएफ क्लबले पाहुना टोली थाइल्याण्ड क्विन्सको भेट हुनेछ ।

त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघले पाहुना टोली मालदिभ्स भलिबल क्लब संगा र दोस्रो खेल विभागिय टोली नेपाल पुलिस क्लब र पर्वत जिल्ला भलिबसंघका बीच हुनेछ ।

नेपाल भलिबल संघको स्वीकृतिमा सुरू भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।

प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी,

Scroll to Top