टाइगर कप सुरु : पहिलो खेलमा न्यू डायमण्ड विजयी

santan ads

पोखरा | एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो खेल सम्पन्न भएको छ ।

महिलातर्फ भएको उद्घाटन खेलमा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले नेपाल आर्मी क्लबलाई सिधै सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

न्यू डायमण्डले आर्मीमाथि ३–० सेटको जित निकाल्यो । खेलको पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–०८ को सहज जितसहित आफ्नो वर्चस्व देखायो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

Scroll to Top