वान डे क्रिकेट जारी: सांग्रिला क्रिकेट क्लब ३२६ रनले विजयी

santan ads

पोखरा । कास्की जिल्लास्तरीय वान डे क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनले पराजित गरेको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी प्रतियोगिताको मंगलबार भएको खेलमा सांग्रिलाले एक पक्षिय खेल प्रदर्शन ग¥यो । ३७७ रनको विशाल विजयी योगफल पाएको एभरेष्ट ५० रनमै अलआउट हुन पुग्यो । समूह बी तर्फको खेलमा सांग्रिलासामु कम्जोर देखिएको एभरेष्ट १८.३ ओभरमा ५० रनमात्रै जोड्यो । धनजु यादवले १३ र सचिन यादवले १० रन बनाए ।

एभरेष्टका लागि राज परियारले ४.३ ओभरमा १ मेडन राख्दै ६ विकेट लिए । यस्तै सञ्जय नेपालले २ तथा विपिन खत्रीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ लागेको सांग्रिला ४७.२ ओभरमा अलआउट हुँदै ३७६ रन बनायो । सिब्रिन श्रेष्ठले शतकीय पारी खेले । उनले ७९ बलमा १२१ रन बनाए । यस्तै सन्जय नेपालले ३५ बलमा ३४ रन बनाए भने रिकेश गुप्ताले ४२ बलमा ३३ रन बनाए ।

लेकसाइडका लागि सिरजन पौडेलले कुल ६ विकेट लिए । उनले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चे । नियाज अहमद र युवराज ठाकुरले समान १÷१ विकेट लिए । खेलको प्लेयरअफ दी म्याच सिब्रिन श्रेष्ठ घोषित भए ।

माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् ।

यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् ।

Scroll to Top