natinal league

राष्ट्रिय लिग फुटबल : आर्मी र प्लानिङ ब्वाइज गोलरहित बराबरी

santan ads

काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

आज (मंगलबार) भएको खेलमा दुवै टोलीले पाएका अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा खेल्न पर्यो।

खेलको ३५औं मिनेटमा प्लानिङ ब्वाईजका एलेक्सले हानेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले राम्रो बचाउँ गरेका थिए। ६५औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठको हेडर प्लानिङ ब्वाइजका किपर योगेश धिमालले बचाउँ गर्दे हार हुनबाट बचाएका थिए ।

दुवै टोलीको प्रतियोगितामा पहिलो बराबरी हो। यसअघि आर्मीले आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले पराजित गरेको थियो भने प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई हराएको थियो। बराबरीपछि आर्मी र प्लानिङ ब्वाइज दुवैको समान ४ अंक पुगेको छ।

Scroll to Top