
काठमाडौं । चित्लाङ एफसीले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मंगलबार विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चित्लाङका लागि म्याथ्यु बाबतुन्दे गोल गरे । पुलिसले आत्मघाती गोल उपहारस्वरुप पाएको थियो ।
खेलको ४१औं मिनेटमा बाबतुन्देले गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए । ८७औं मिनेटमा चित्लाङमा लच्छुमन रानामगरबाट आत्मघाती हुन पुग्दा चित्लाङ अंक बाँड्न बाध्य भयो ।
यो नितजासँगै चित्लाङले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि चित्लाङले नव जनगागृति युवा क्लबविरुद्ध २–१ को जित दर्ता गरेको थियो । पुलिसको समान खेलबाट १ अंक छ । यसअघि पुलिस प्लानिङ ब्वाइज युनाइटेडसँग १–० ले पराजित भएको थियो ।







