
लेखनाथ । पोखरा महानगरपालिका ३० शिशुवा स्थित शिशुवा जेष्ठ नागरिक समाजको १४औँ वार्षिकोत्सव सम्पन्न भएको छ।
जेष्ठ नागरिकको सम्मान, संस्कार संरक्षण तथा संस्थागत विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूले जेष्ठ नागरिकको भूमिका र दायित्वबारे जोड दिएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले समाजका संस्थापक टिकाराम वास्तोलालाई धन्यवाद दिँदै जेष्ठ नागरिक समाजको निरन्तरताले सामाजिक एकता मजबुत बनेको उल्लेख गरे ।
सो अवसरमा प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहोरीयाका अध्यक्ष ऋषिराम जमरकट्टेल, पत्रकार कविराज खनाल, शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरी,शिशुवा नेवाः खलका पूर्व अध्यक्ष अर्जुन ताम्राकार, समाजसेवी कृष्णप्रसाद ढुङ्गाना, पोखरा महानगरपालिका कर्मचारी मिना भण्डारी, हरिहर आश्रम भलामका अध्यक्ष विष्णुबहादुर आचार्य, संस्थाका सल्लाहकार बामदेव जमरकट्टेल, इन्द्रबहादुर थापा तथा ओम शान्तिकी प्रमुख सविता दिदीलगायतले जेष्ठ नागरिकका कर्तव्य र अधिकार, सामाजिक सम्मान तथा पारिवारिक भूमिकाका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा संस्थाको हित र विकासमा योगदान पु¥याउने दामोदर लामिछाने, कृष्णप्रसाद ढुङ्गाना, बलराम थापा, सुरेन्द्र अधिकारी तथा कृष्णप्रसाद लामिछानेलाई सम्मान गरिएको थियो।
सोही अवसरमा संस्थाका अध्यक्ष ताराप्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन र सचिव बोधराज गौतमले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको स्वागत उपाध्यक्ष उमा वास्तोलाले गरेकी थिईन ।







