rasapa

रास्वपाले टुंगो लगायो उम्मेदवार, कास्की २ मा उत्तम पौडेल

santan ads

पोखरा । गण्डकी प्रदेशका मुख्य जिल्लाहरू कास्की, स्याङ्जा, लमजुङ र गोरखासहित देशभरका उम्मेदवारको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तय गरेको छ ।
रास्वपाले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट महामन्त्री कविन्द्र बुर्लाकोटी र क्षेत्र नम्बर १ बाट सुदन गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उत्तम पौडेल, स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा धनञ्जय रेग्मी र लमजुङमा धर्मबहादुर केसीलाई पार्टीले चुनावी मैदानमा उतार्ने भएको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट भने स्वर्णिम वाग्ले उम्मेदवार बन्ने भएका छन् ।

पार्टी सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २, वरिष्ठ नेता बालेन शाह झापा निर्वाचन क्षेत्र नम्बर ५, उपसभापति डिपी अर्याल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ र महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् । सातै प्रदेशका सभापतिलाई पनि उम्मेदवार बनाउने सैद्धान्तिक निर्णय पार्टीले यसअघि नै गरिसकेको छ ।

अन्य क्षेत्रहरूमा ताप्लेजुङबाट वीरेन्द्र श्रेष्ठ, झापा निर्वाचन क्षेत्र नम्बर १ बाट निशा डाँगी, २ बाट इन्दिरा रानामगर, ३ बाट प्रकाश पाठक र ४ बाट शम्भु सुस्केरा उम्मेदवार बनेका छन् । यस्तै, मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा गणेश कार्की, ओखलढुंगामा विश्वराज पोखरेल र उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा सूर्यबहादुर तामाङलाई पार्टीले टिकट दिएको छ । काठमाडौँका विभिन्न क्षेत्रहरूमध्ये ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठ चुनावी मैदानमा रहनेछन् ।

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा डा.विक्रम तिमल्सिना र २ मा डा.अच्युतम लामिछाने उम्मेदवार तोकिएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा हरि ढकाल र ३ मा सोबिता गौतम उम्मेदवार बनेका छन् भने तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा श्रीराम न्यौपाने र नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा राजन गौतमलाई पार्टीले अघि सारेको छ । कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा जुम्लाबाट बिनिता कठायत, बाजुराबाट हेमराज थापा र कञ्चनपुरका तीनवटै क्षेत्रमा क्रमशः जनकसिंह धामी, दीपक बोहरा र ज्ञानेन्द्र महतारा उम्मेदवार छानिएका छन् ।

कैलालीका विभिन्न क्षेत्रहरूमा १ बाट कोमल ज्ञवाली, ३ बाट लक्ष्मण थारू, ४ बाट हरि रेग्मी र ५ बाट आनन्द चन्दले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट भूपदेव शाह, बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट खगेन्द्र सुनार, दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट विपिन आचार्य र रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट डा.लेखजंग थापालाई उम्मेदवार बनाइएको छ । यसपटक पार्टीको आधिकारिक नीति र मूल्यांकनका आधारमा उम्मेदवारहरू छनोट गरिएको नेताहरूले बताएका छन् ।

Scroll to Top