मुस्कान चम्कदाँ पोखराको फराकिलो जित

santan ads

पोखरा । मुस्कान थापाको दोहोरो शतकीय प्रदर्शनीमा क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखराले उत्कृष्ट सुरुवात गरेको छ । 

प्रधानमन्त्री कप जिल्ला छनोटको रुपमा समेत रहेको प्रतियोगितामा मुस्कानले २२९ रन बनाए । यस्तै गण्डकीकै सुवासले उत्कृष्ट बलिङ गर्दै एकै खेलमा ७ विकेट लिएपछि पोखराले अत्यन्तै ठूलो योगफलमा जित हासिल गरेको हो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी प्रतियोगिताको दोस्रो दिन पोखरा क्रिकेट क्लबले गण्डकी क्रिकेट क्लबलाई २३४ रनले हराएको हो । 

३०९ रनको विजयी लक्ष्य पाएको गण्डकी क्रिकेट क्लबलाई २१.४ ओभरमा ७५ रनमा अलआउट गर्दै उत्कृष्ट जित हासिल गरेको हो ।

गण्डकीका ओपनर दिक्सन अर्याल २ रनमा आउट भए । सुरज अधिकारी २३ रनमा आउट भए । उनले ३८ बलमा ३ चौका प्रहार गरे । सम्राट अधिकारी १, विवेश अधिकारी ४, सौरभ सुवेदी २१, अभिषेक विक २ र श्रीराम प्रजापति १० रनमा आउट भए । यस्तै हिमाल आचार्य, सुवास गिरि र सौरभ पौडेल शुन्यमै आउट भए । 

पोखराका लागि सुवाष भण्डारीले ९.४ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ७ विकेट लिए । प्रज्वल पौडेल, देव शाह र सुर्जन गुरुङले १÷१ विकेट लिए । 

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङ थालेको पोखराले ३३.५ ओभरमा अल आउट हुँदै ३०८ रन जोड्यो । 

मुस्कान थापाले दोहोरो शतक पुरा गरे । उनले १२४ बलको सामना गर्दै २४ चौका र १४ छक्का प्रहार गर्दै सर्वाधिक २२९ रन बनाए । 

ओपनर अर्जुन बुढाथोकीले २३ रन बनाए । उनले २९ बलमा १ चौका र १ छक्का प्रहार गरे । अतिफ मिया र देव शाह शुन्यमा आउट भए । इशान श्रेष्ठ र सुप्रल श्रेष्ठले ३÷३ रन जोडे भने मौसम भट्टराइ ४, प्रज्वल पौडेल १ रनमा आउट भए । सुवाष भण्डारी १३ र सुर्जन गुरुङ शुन्यमा आउट भए । 

गण्डकीका लागि अनिश पोखरेलले ७ ओभरमा ६१ रन खर्चेर ४ विकेट लिए । सम्राट अधिकारी र दिक्सन अर्यालले २/१ तथा श्रीराम प्रजापति र सुभम गिरिले १/१ विकेट लिए । 

माघ २ देखी सुरु प्रतियोगिता पोखरा र लेखनाथमा हुनेछ । प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । 

प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । 

यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् । आजबाट सुरु हुने प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुनेछ ।

Scroll to Top