२६औं आदर्शकप माघ ९ देखि 

santan ads

पोखरा । २६औं आदर्श कप फुटबल प्रतियोगिता यहि माघ ९ गते देखि सञ्चालन हुने भएको छ । 

‘निरन्तरता हाम्रो प्रतिवद्धता, फुटबल खेलको विकास हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य उद्धेश्यका साथ आयोजना हुने प्रतियोगिता १६ गते सम्म चल्ने छ । 

आदर्श क्लब पोखरा २९ को आयोजनामा सञ्चालन हुने सो प्रतियोगिताको तयारी पुरा भएको क्लबले शनिबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 

आदर्श खेल मैदान भण्डारढिकमा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न क्लब र जिल्लासहित दुई प्रदेश विभागिय टोलीको समेत सहभागिता हुनेछ ।

प्रतियोगितामा कास्की ११, नेपाल प्रहरी गण्डकी, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराइजन क्लब स्याङजा, म्याग्दी जिल्ला खेलकुद विकास समिति, शसस्त्र प्रहरीबल मुक्तिनाथ बाहिनी र आयोजक आदर्श युवा क्लबको सहभागिता हुनेछ ।

प्रतियोगितामा उपाधि बिजेता र उपविजेता टिमले क्रमश : नगद ४ लाख ९९ हजार ९९९ र ३ लाख ३३ हजार ३३३ का साथमा कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक आदर्श क्लबका अध्यक्ष पदम गुरूङले जानकारी दिएका छन् । 

त्यस्तै हरेक खेलमा म्यान अफ दि म्याचलाई नगद ५ हजार प्रदान गरिनेछ भने विद्यागत उत्कृष्ट हुने खेलाडीहरुले जनही नगद १५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र हात पार्नेछन् ।

करिब ६१ लाख खर्च अनुमान गरिएको प्रतियोगितालाई सुद्धोधन ४ रुपेन्देहीस्थित फस्ट च्वाइस फुड्स लिमिटेड मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिता लाई राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिकालगायतले सहयोग गरेको सचिब सन्तोष गुरूङले जानकारी दिए ।

Scroll to Top