
पोखरा । पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
नवज्योति क्लबले एपिएफ पोखरामाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २५–२३ ले जितेको एपिएफ पोखराले दोस्रो सेट २२–२५ ले नवज्योतिलाई सुम्पियो । तेस्रो सेटमा पुनः २५–१८ ले जित निकाल्दा एपिएफ पोखराले चौथो सेट १७–२५ ले नवज्योतिलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १६–१४ को रोमाञ्चक जित निकाल्दै नवज्योतिले सेमिफाइनलको यात्रा तय ग¥यो ।
शुक्रबार भएको अर्को खेलमा पोखरा भलिबल टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाइटेडले सेमिफाइनलमा स्थान बनायो । युनाइटेडले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले जित दर्ता ग¥यो । मनोहर युवा क्लब ‘ए’ र पकुवा भलिबलले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल आयोजक मनोहर क्लब र नवज्योति क्लबबिच भोलि बिहान ८ बजेबाट सुरु हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल पोखरा युनाइटेढ र पकुवा भलिबलबिच हुनेछ । फाइनल खेल पनि भोलि नै हुने तालिका छ ।







