sikless chelo

सिक्लेसको छेलो प्रतियोगितामा सुनार प्रथम, जिते ४५ हजार

santan ads

पोखरा । माघी मेला २०८२ को अवसरमा कास्की जिल्लाको सिक्लेसमा आयोजित छेलो प्रतियोगितामा पर्वतका मिलन सुनार प्रथम भएका छन्।

सभा युला सभाथर परिवारको आयोजनामा सम्पन्न गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सुनारले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै शीर्ष स्थान हासिल गरे। प्रथम भएका सुनारले नगद ४५ हजार पुरस्कार प्राप्त गरेका छन्।

त्यसैगरी, रोहित सुनारले ६४ फिट ५ इन्च दूरी कायम गर्दै दोस्रो स्थान हासिल गरेका छन्। उनले नगद ४० हजार पुरस्कार प्राप्त गरे।

माघी संस्कृतिको पावन अवसरमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएको यस प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि सु.रत्न खोज गुरुङ, अध्यक्ष क्या.जै बहादुर गुरुङ तथा सचिव दिनेश गुरुङलगायतले विजयी खेलाडीहरूलाई प्रमाण–पत्र वितरण गरेका थिए।

Scroll to Top