उज्वल सहकारीको अध्यक्षमा पुनः बास्तोला

santan ads

पोखरा । उज्वल बचत तथा ऋण सहकारी संस्था लि.पोखराको १८औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले आगामी कार्यकालका लागि सञ्चालक समितिको अध्यक्षमा नरेन्द्र बास्तोलालाई पुनः निर्वाचित गरेको छ।

नवगठित ९ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा बैकुण्ठराज तिमिल्सिना, सचिवमा सुरेन्द्र बास्तोला र कोषाध्यक्षमा मिना कुमारी गुरुङ निर्वाचित भएका छन ।

सदस्यहरूमा इन्दिरा बराल, विमला श्रेष्ठ, सिता पाण्डे, उमाकान्त रिजाल र सिता शर्मा चयन भएका छन ।

यसैगरी, लेखा समितिको संयोजकमा धिरज थापा तथा सदस्यहरूमा ओमनाथ अधिकारी र केशव बहादुर थापा निर्वाचित हुनुभएको छ। सञ्चालक समिति र लेखा समितिका सबै पदमा सर्वसम्मत निर्वाचन भएको निर्वाचन संयोजक कृष्णराज आचार्यले जानकारी दिए र

साधारणसभामा बोल्दै प्रमुख समाजसेवी एवं संस्थाका ज्येष्ठ सदस्य प्रेमबहादुर श्रेष्ठले ऋण प्रवाह गर्दा आवश्यक विचार पुर्‍याउनुपर्नेमा जोड दिदै विश्वासको भरमा मात्र ऋण प्रवाह गर्दा सहकारी क्षेत्रमा समस्या देखिएको उनको भनाइ थियो।

संस्थाका सल्लाहकार एवं पत्रकार नारायण कार्कीले तीनखम्बे आर्थिक नीतिको विषयमा प्रकाश पार्दै सहकारीहरू सहकारीका सात सिद्धान्तभित्र रहेर सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहकारी विज्ञ धर्मराज अर्याल, सहकारीका साधारण सदस्य एवं पृथ्वीनारायण क्याम्पसका सहायक प्राध्यापक इन्द्रप्रसाद शर्मा लगायतले बोलेका थिए ।

सञ्चालक समिति सदस्य विमला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अर्का सदस्य पुजन राजभण्डारीले सहकारीका सात सिद्धान्तमाथि प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष नरेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र बास्तोलाले गरेका थिए।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता हिमलाल शर्मा तिमिल्सिना र उषा काफ्ले, उत्कृष्ट कारोबारकर्ता आईती श्री थापा र लक्ष्मी कोइराला, साथै हालै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको सचिवमा निर्वाचित संस्थाका सचिव सुरेन्द्र बास्तोला तथा कर्मचारी पुष्पराज बास्तोला र निर्मला सापकोटा सम्मानित भएका थिए ।

Scroll to Top