कारवाहीमा परे गगन र विश्वप्रकाश, पार्टीबाट ५ वर्ष निष्काशित

santan ads

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ।

सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त कारबाही गरिएको जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो सानेपामा दिएका हुन् ।

यसअघि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८ बुँदे प्रस्ताव गरेको थियो । तर ती प्रस्तावमध्ये सभापति देउवाले नेतृत्व छाड्न मानेनन् । त्यस्तै आगामी चुनाव पनि नलड्ने कुरा उनले स्वीकार्न मानेनन् ।

Scroll to Top