
बन्दीपुर गाउँपालिकास्थित डुम्रे ४ निवासी भगवान श्रेष्ठको घरमा आगलागी भएको छ ।
आज साँझ पौने ८ बजे भएको आगलागीबाट करिब २५ लाख बराबरको क्षति भएको डुम्रे प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने प्रारम्भिक आंकलन गरिएको छ ।
प्रहरी र स्थानीयवासीको पहलमा आगो निभाइएको र कोहीपनि हताहती नभएको प्रहरीले जनाएको छ ।







