nepal league football

राष्ट्रिय लिग भोलि देखि, विजेताले ५० लाख पाउने

पोखरा । आगामी ३० पुसदेखि १७ वटा टोलीको सहभागितामा राष्ट्रिय लिग फुटबल सुरु हुने भएको छ । काठमाडौं र ललितपुरका तीनवटा मैदानहरू (दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदान) मा कुल १ सय ३६ खेल सञ्चालन हुनेछन् ।

यसपटक लिगको विजेताले नगद ५० लाख, उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अनुशासित (फेयर प्ले) टिमलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

लिगमा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, न्युरोड टिम (एनआरटी), लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नवजनजागृति क्लब, काक्रेविहार स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब १७ क्लबले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लब भिड्ने तय भएको छ ।

Scroll to Top