१०औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ गते

santan ads

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ वैशाख १८ गते हुने भएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको मन्चका अध्यक्ष एमबी आस्था मगरले जानकारी दिएको हो । 

अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डका विधाहरुमा लाइफटाइम एचिभमेण्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उत्कृष्ट उदयमान, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब÷संस्था तथा वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् ।

अवार्डको नवौं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा १० औं संस्करणको स्पोर्ट्स अवार्ड सरोकारवाला सबैको साथ, सहयोग र सल्ल्लाहमा भब्य बनाउने गरी लागिपर्ने अध्यक्ष आस्थामगरले बताए ।

अवार्डका लागि प्रदेश खेलकुद गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ ।

अवार्डले गण्डकी प्रदेशको खेलकुद प्रवद्र्धन तथा खेल पत्रकारिताको सम्मानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ । 

Scroll to Top