
जिल्ला क्रिकेट संघ कास्कीले आगामी क्रिकेट प्रतियोगिताका लागि आफ्नो १६ वर्षमुनिको (यू-१६) जिल्ला टोलीको घोषणा गरेको छ।
संघका अध्यक्ष संजय कान्त सिग्देलले एक आधिकारिक विज्ञप्ति जारी गर्दै छनोट भएका १४ सदस्यीय खेलाडीको नामावली सार्वजनिक गरेका हुन् ।
घोषित टोलीका खेलाडीहरू:
१. सुरज अधिकारी
२. विशेष तिवारी
३. असाद रहमान सिद्दिकी
४. सौरभ रहमान सिद्दिकी
५. आयुष भुजेल
६. हेमन्त चापागाईँ
७. इस्ताक अन्सारी
८. सफल थापा
९. श्री राम प्रजापति
१०. गौरव ढकाल
११. निश्चल ढुङ्गाना
१२. समीप भण्डारी
१३. आयुष पनेरु
१४. सिद्धार्थ राउत
टोली घोषणा गर्दै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देलले भने, ‘छनोट भएका सम्पूर्ण युवा खेलाडीहरूलाई हार्दिक बधाई तथा उत्कृष्ट प्रतियोगिताका लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछु। हाम्रा यी उदीयमान ताराहरूको हौसला बढाऔँ।’
यो टोलीले आगामी क्षेत्रीय तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ।







