कालिकाको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

santan ads

पोखरा । पोखरा ३२ मजुवास्थित कालिका आधारभुत विद्यालयको ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष कार्कीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता बढाउनका लागि सबैको एकतावद्ध हुनु पर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक दोर्णराज सुवेदीले विद्यालयको समग्र शैक्षिक तथा आर्थिक अवस्था बारे जानकारी गराएका थिए थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङको सभापतित्व सम्पन्न कार्यक्रम स्वागत शिक्षिका देवी पुन र विद्यालयका शिक्षक/शिक्षिकाद्वय ओम थापा र निर्मला सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष अप्सरा थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य मोहनकुमार प्रधान, वडा शिक्षा समितिका सदस्य शिवजी लामिछाने, समाजसेवी शरणकुमार प्रधान, खेमराज अधिकारी लगायतले बोलेका थियो बोलेका थिए ।

कार्यक्रमका अवसरमा विद्यालयका विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती गरेका थिए भने अभिभावकका खेल पनि सञ्चालन गरिएको थियो । उक्त अवसरमा विभिन्न कक्षामा उत्कृष्ट विद्यार्थीका साथै प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरिएको थियो ।

Scroll to Top