निर्वाचन प्रयोजनार्थ कास्कीमामात्रै २३ सय म्यादी आवश्यक

santan ads

फागुन २१ गते हुने निर्वाचनमा आवश्यक म्यादी प्रहरी भर्ना गर्न निर्वाचन आयोगले सुरक्षा निकायसँग समन्वय गरेको छ ।

आयोगको कामलाई सहजीकरण गर्न नेपाल प्रहरीले म्यादी भर्नाको सूचना निकालेको छ । सूचना अनुरुप कास्की जिल्लामामात्रै २ हजार ३ सय ३ जना म्यादी प्रहरी भर्ना गरिने छ ।

निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति, कास्की हालै भर्नासम्बन्धी सूचना निकालेको छ ।

सूचना अनुसार म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले जिल्ला प्रहरी कास्की वा मालेपाटनस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले कूल १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरेको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।

निर्वाचन प्रहरीमा भाग लिन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान भएको छ ।

प्रहरी, सशस्त्र प्रहरी र सेनाबाट अवकाश पाएकाहरुले पनि आवेदन दिन सक्नेछन् ।

यस्तै २०८२ पुससम्म सेना, प्रहरी र सशस्त्रमा आवेदन दिएकाहरु पनि प्राथमिकतामा पर्नेछन् ।

यसअघिका निर्वाचनमा सहभागी भएका म्यादी प्रहरी र विदेशी फौजमा काम गरेकाहरुलाई पनि यसपटक प्राथमिकतामा राखिएको छ ।

पुरुषका हकमा कम्तीमा ५ फिट उचाइ र महिलाका हकमा ४ फिट १० इञ्च उचाइ र गर्भवती नभएको प्रावधान राखेर आवेदन आह्वान भएको छ ।

आवेदकहरुबाट माघ ९ गतेभित्र छनौट गरी माघ १५ गते प्रशिक्षण शुरु हुने नेपाल प्रहरीको सूचनामा उल्लेख छ ।

Scroll to Top