कांग्रेसका सुनिल राष्ट्रियसभा सदस्य मनोनयनमा निर्विरोध निर्वाचित

santan ads

आगामी माघ ११ गतेलाई तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार भएको मनोनयनका क्रममा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुल्लामा उम्देवारी दिएका थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध भएका हुन् ।

कोशीमा उनीसहित तीनजनाले उम्मेदवारी दिएका थिए । कोशीमा एमाले बलियो भएकोले २ सिट लिएको थियो । कांग्रेसले लिएको एक सिटमा सूर्यबहादुर थापा पुत्र सुनील निर्विरोध भएका हुन् ।

Scroll to Top