विश्वकपमा पहिलो पटक ५ खेलाडी, ९ बाहिरिए

santan ads

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको छ।

टोली घोषणासँगै टिममा ५ नयाँ खेलाडीले मौका पाएका छन् भने ९ खेलाडी बाहिरिएका छन्।

नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल राष्ट्रिय टोलीमा पहिलो पटक परेका छन्।

मल्लसँगै आरिफ शेख, बसिर अहमद, नन्दन यादव, र लोकेश बमले पहिलोपटक विश्वकप खेल्न लागेका हुन्।

पाँच खेलाडीले अवसर पाएसँगै अन्य ९ जना भने प्रारम्भिक टोलीबाट बाहिरिएका छन् ।

कुशल मल्लसहित आदिल अन्सारी, साहब अलाम, विनोद भण्डारी, अविनाश बोहरा, भीम सार्की, ईशान पाण्डे, प्रतिश जिसी र रूपेश सिंह भने बाहिरिएका छन्।

त्यस्तै, सन् २०१४ को विश्वकप खेलेका सोमपाल कामीले त लगातार तेस्रोपटक विश्वकप टोलीमा परेर इतिहास रचेका छन्।

Scroll to Top