टिममा नपरेपनि विनोद भन्छन् -‘जर्सी र झण्डाको सँधै समर्थन गरौं’

santan ads

टी २० विश्वकप टोलीको अन्तिम सूचीमा नपरेपछि विनोद भण्डारीले भावुक स्टाटस लेखेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी भण्डारीले आफूले सामना गर्ने अन्तिम बलसम्म उही जोश, लगाव र समर्पणका साथ खेल जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले समर्थकहरूबाट प्राप्त माया र सद्भावप्रति आभार प्रकट गरेका हुन्। आफूलाई सन्देश पठाउने सबैलाई व्यक्तिगत रूपमा जवाफ दिन नसके पनि सबैको समर्थनको उच्च कदर गर्ने उनले बताएका छन्।

उनले आफू सधैं अनावश्यक विवाद र होहल्लाभन्दा माथि उठेर खेलमा केन्द्रित हुन चाहेको उल्लेख गरेका छन्। ‘म यो सुन्दर खेल प्रेम र लगावका लागि खेल्छु र यसमा आफ्नो शतप्रतिशत दिने प्रयास गर्छु,’ उनले भनेका छन्।

आफ्नो सम्पूर्ण ध्यान सधैं तयारी, अनुशासन र टोलीका लागि उत्कृष्ट योगदान दिनुमा केन्द्रित रहने गरेको उनले स्पष्ट पारेका छन्।

क्रिकेट खेलप्रति आफ्नो अगाध श्रद्धा रहेको बताउँदै भण्डारीले यसलाई आफूले ‘पूजा’ गर्ने र खेल जीवनको अन्तिम क्षणसम्म उही ऊर्जाका साथ मैदानमा उत्रिने संकल्प गरेका छन्।

सन्देशको अन्त्यमा उनले व्यक्तिगत भावनाभन्दा माथि उठेर राष्ट्रिय टोलीलाई समर्थन गर्न सबैमा आग्रह गरेका छन्। जर्सी जसले लगाए पनि विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्ने झण्डा र राष्ट्रका लागि एकजुट भएर सहयोग गर्न उनले आह्वान गरेका छन्।

Scroll to Top