गण्डकी एमालेबाट निर्वाचनको बागडोर अधिकारीलाई

santan ads

नेकपा एमालेले गण्डकी प्रदेश संयोजकमा सचिव खगराज अधिकारीलाई तोकेको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजन गर्ने गरी अधिकारीलाई संयोजक तोकेको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार कोशीमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई तोकिएको छ ।

एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले दिएको बताए ।

बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन गरेको छ।

Scroll to Top