maduro son

अमेरिकी दादागिरि, ‘भोलि अर्को देश हुन सक्छ’ : निकोलस मादुरो

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा तथा सांसद निकोलस मादुरो गुएराले आफ्ना आमाबुवालाई अमेरिकाले नियन्त्रणमा लिएपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।

उनले आफ्ना आमाबुवाविरुद्ध अमेरिकाले चालेको कदमको कडा आलोचना समेत गरेका छन्।

मादुरो गुएराले चेतावनी दिँदै भने, ‘यदि कुनै देशको राष्ट्रपतिको ुअपहरणलाई सामान्य बनाइयो भने, भोलि कुनै पनि देश सुरक्षित रहने छैन।’

उनले अगाडि थपे, ‘आज भेनेजुएला छ, भोलि दबाबमा झुक्न नमान्ने अरू कुनै पनि देश यसको सिकार हुन सक्छ। यो एउटा क्षेत्रीय समस्या मात्र नभई विश्वव्यापी राजनीतिक स्थिरताका लागि सीधा खतरा हो।’

गुएराले अमेरिकालाई आफ्ना आमाबुवा तत्काल रिहा गर्न माग गरेका छन्। साथै, उनले आरोप पत्रमा आफ्नो नाम पनि समावेश गरिएकोमा कडा शब्दमा निन्दा गरेका छन्।

Scroll to Top