एनआइसी बैंकभित्र आफुलाई आगो लगाउन खोजेका लालबहादुरको कारण यस्तो छ …

santan ads

सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकको शाखाभित्रै एक ऋणीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन्।

इटहरीको आइतबारे निवासी लालबहादुर पौडेलले धितोमा रहेको जग्गा लिलामी प्रक्रियामा गएको भन्दै सोमबार बैंकभित्रै आत्मदाहको प्रयास गरेका हुन्।

बोतलमा पेट्रोल बोकेर बैंक पुगेका पौडेलले शरीरमा आगो लगाउन खोज्दा बैंक कर्मचारी र दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाऊ अभियान’का सदस्यहरूले उनलाई जोगाएका थिए।

घटनाको विवरणअनुसार, पौडेलले व्यवसायी गंगाराम साह तेलीलाई झापामा मदिरा उद्योग सञ्चालन गर्न आफ्नो जग्गा धितो राख्न दिएका थिए।

२ करोड ५० लाख रुपैयाँ बराबरको धितो राखेका साहले बैंकको ब्याज र किस्ता नतिरेपछि बैंकले जग्गा लिलामी प्रक्रिया अघि बढाएको थियो।

सोही तनावका कारण पौडेलले यस्तो कदम चालेको बुझिएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Scroll to Top