एमाले मुस्ताङबाट इन्द्रधारासहित ३ उम्मेदवारमा सिफारिश

santan ads

नेकपा एमाले मुस्ताङले आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि संविधान सभा सदस्य टसी स्हाङमो गुरुङसेनीसहित ३ जना सिफारिस गरेको छ ।

आइतबार बसेको जिल्ला कमिटीको बैठकले गुरुङसेनीसहित ३ जना सिफारिस गरेको हो । जसमा गुरुङसेनीसहित इन्द्रधारा विष्ट र विनोद विसी छन् ।

टसी पूर्व केन्द्रीय सदस्य र इन्द्रधारा पूर्वप्रदेश सभा सदस्य हुन् । विनोद एमाले मुस्ताङका पूर्वसचिव हुन्।

Scroll to Top