पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही पुस २३ गते हुने एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ लाई पोखराको हिमश्री फुड्स प्रालिको रारा चाउचाउले साथ दिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र प्रवन्ध निर्देशक प्रकाश केसीले अवार्ड सहकार्य सम्वन्धि संझौता पत्रमा हस्ताक्षर गरि औपचारिक रुपमा हिम श्री फुड स्पोट्स अर्वाडका जोडिएको हो ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ ।







