
प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवार सिफारिसका क्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशमा विवाद उत्पन्न भएको छ ।
सार्वजनिक ११ जनाको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल परेपछि विवाद बाहिर आएको हो ।
कास्कीबाट सिफारिस भएकी संज्ञाको नामलाई लिएर पार्टीभित्रै ‘नातावाद’को प्रश्न उठाइएको छ । निर्वाचन आयोगमा बुझाइएको उक्त सूचीमा कास्कीबाट उनीसँगै आइबहादुर गुरुङ पनि रहेका छन् ।
पहुँचवालाका आफन्तलाई सिफारिस गरिएको भन्दै कार्यकर्ताहरूले प्रदेश नेतृत्वको आलोचना गरिरहेका छन् ।







