
पोखराका ४ वटा बैंकले जिल्ला मालपोत कार्यालय कास्कीलाई कम्प्यूटर हस्तान्तरण गरेका छन् ।
मालपोतबाट दिइने सेवालाई सहज बनाउन नविल बैंक,सिटीजन्स बैंक,ग्लोबल आइएमई बैंकको तर्फबाट दुई थान कम्प्यूटर तथा हिमालयन बैंकको तर्फबाट एउटा कम्प्यूटर र प्रिन्टर तथा हस्तान्तरण गरिएको हो । गएको भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा मालपोत कार्यालयसँगै त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए ।
कार्यालय जलेसँगै मालपोतबाट प्रवाह हुने सेवा ठप्प भएको थियो । सेवा सूचारु गराउनका निम्ति पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा एक सहजीकरण समिति गठन गर्दै तत्काल सहयोग जुटाउने अभियान थालिएको थियो । सोही समितिको अगुवाइमा विभिन्न संघसंस्थाको सहयोगमा तत्कालको लागि कार्यालयको मर्मत, नयाँ ट्रष्ट निर्माण एवं आवश्यक कम्प्यूटर,फर्निचरलगायत सामग्री जुटाइएको थियो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमका अनुसार मालपोत कार्यालयको सेवा सूचारु गर्न बैंकर्स एसोसियसन गण्डकीलाई पनि आग्रह गरिएकोमा अहिले विभिन्न वित्तीय संस्थाबाट सहयोग जुटेको हो ।







