घाचोक–पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा

santan ads

पोखरा  । घाचोक – माछापुच्छ्रे सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । 

माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा आयोजित साधारणसभामा संस्थाले गरेका गतिविधिहरुको समिक्षा तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । 

 माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध रही स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको साझा संस्थाका रुपमा एक वर्षअघि समाज गठन गरिएको थियो ।

कार्यक्रममा माछापुच्छ्रे–१ का संस्थापक वडाध्यक्ष विरेन्द्र गुरुङ,माछापुच्छ्रे–३ का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्साल,समाजका अध्यक्ष तोयनाथ वैरागी लम्साल,समाजका सल्लाहकार संयोजक मीनप्रसाद लम्साल,सृजना बहुउद्धेश्शीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विशेश्वर लम्साल,समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेल,सचिव जगत गुरुङ,सहसचिव भानुभक्त पोखरेल लगायतले बोलेका थिए । 

समाजका कोषाध्यक्ष सरिता आचार्य लम्सालले गत आवको आयव्यव प्रस्तुत गर्दै समाजलाई आर्थिक रुपमा मजवुत बनाउने गरी कार्यक्रम ल्याइने जानकारी दिए  । 

साधारणसभामा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, माछापुच्छ«े–३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं ५ का वडाध्यक्ष नारायण पौडेल, वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतम लगायतको उपस्थिति रहेको थिए । 

साधारणसभा समाजका पूर्वसल्लाहकार एवं ज्येष्ठ सदस्य शिवराम लम्सालले सन्चालन गरेका थिए ।

Scroll to Top