
बंगलादेश । बंगलादेशमा फेरि एक पटक भीडले एक हिन्दू युवकलाई कुटपिट गरी हत्या गरेको छ। घटना बुधबार राति ११ः०० बजेतिर राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भएको हो। प्रहरीले मृतकको पहिचान २९ वर्षीय अमृत मण्डल उर्फ सम्राटको रूपमा गरेको
प्रहरीले अमृतलाई जबरजस्ती चन्दा असुलीको आरोपमा भीडले हत्या गरेको बताएको छ। उनी होसेन्डाङ्गा गाउँका बासिन्दा थिए। प्रहरीले अमृतविरुद्ध पाङ्शा प्रहरी चौकीमा दुईवटा मुद्दा दर्ता भएको बताएको छ, जसमा एउटा हत्याको मुद्दा पनि समावेश छ।
यसअघि डिसेम्बर १८ मा एक हिन्दू युवा दिपु चन्द्र दासलाई ढाका नजिकै भीडले कुटपिट गरी हत्या गरेको थियो र पछि झुण्ड्याएर जलाइदिएको थियो।
डेली स्टारको रिपोर्ट अनुसार उनलाई आपराधिक गिरोह बनाएर लामो समयदेखि जबरजस्ती चन्दा असुल्ने र अन्य आपराधिक गतिविधिहरूमा संलग्न रहेको बताईएको छ ।
उनी लामो समय भारतमा लुकेर बसेपछि हालै घर फर्किएका थिए। अमृतले गाउँका बासिन्दा शाहिदुल इस्लामसँग जबरजस्ती रकम मागेको आरोप छ।
डिसेम्बर २४ को राति अमृत र उनका साथीहरू पैसा लिन शाहिदुलको घरमा गए। परिवारका सदस्यहरूले ुचोर, चोर१ु भनेर कराएपछि स्थानीयहरू आए र अमृतलाई कुटपिट गरे। उनका अन्य साथीहरू भाग्न सफल भए भने सलीम हतियारसहित पक्राउ परे।
बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेत्री शेख हसिनाले अन्तरिम सरकारले देशका गैर मुस्लिमहरू विरुद्ध ूअकल्पनीय र भयानक अत्याचारू गरेको आरोप लगाएकी छन्।
शेख हसिनाले गैरकानुनी रूपमा सत्तामा आएको सरकारले धार्मिक अल्पसंख्यकहरूको विश्वासको स्वतन्त्रतामा हस्तक्षेप गरिरहेको छ। गत हप्ता एक हिन्दू युवाको भीडले गरेको हत्याको उल्लेख गर्दै उनले अल्पसंख्यकहरूलाई जिउँदै जलाउने घटनाहरू भइरहेको बताए। हसिनाले भनिन्, अगस्टमा हाम्रो सरकार पतन भएदेखि हिन्दू र अन्य अल्पसंख्यकहरू निरन्तर हिंसाको शिकार भएका छन्। यद्यपि, बंगलादेशका जनताले यो अँध्यारो अवधि लामो समयसम्म जारी रहन दिने छैनन्।







